२०८२ फाल्गुन ३० गते शनिबार

हर्ट्स अफ वीरगंजद्वारा श्रावणको पहिलो सोमबारमा चोसो पानी वितरण कार्यक्रम सम्पन्न

 

सामाजिक उत्तरदायित्वअन्तर्गत Hearts of Birgunj संस्थाद्वारा श्रावण महिनाको पहिलो सोमबारका अवसरमा विभिन्न धार्मिक स्थलहरूमा पानी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा भक्तजनहरूको सहजताको लागि बिरगंज स्थित अलखिया मठ मन्दीर र चिनी मिल परिसरमा अवस्थित पशुपतिनाथ मन्दिरमा निःशुल्क चिसो पिउने पानी वितरण गरिएको थियो।

संस्थाका अध्यक्ष दीपक सर्राफका अनुसार श्रावण महिनाभर यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइने योजना रहेको छ।

कार्यक्रममा संस्थाका अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो कोषाध्यक्ष रोहित साह,सदस्यहरू,भिम शाह,आशिष बर्णवाल,सुरज शाह,रवि गुप्ता,दिपेश यादव, रोहित पटेल,सागर शाह लगाएतकाहरुले सेवा दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM