२०८२ फाल्गुन २९ गते शुक्रबार

बीरगंज सेन्ट्रल सिटी लायन्स क्लबद्वारा मानव सेवा आश्रमका ६४ लक्ष्मीनारायणलाई पौष्टिक आहार प्रदान

बीरगंज सेन्ट्रल सिटी लायन्स क्लबको आयोजनामा मानव सेवा आश्रमका ६४ जना आश्रित लक्ष्मीनारायणहरूलाई मंगलबार पौष्टिक आहार वितरण गरिएको छ।

क्लबकी अध्यक्ष सुशीला साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स उप डिस्ट्रिक्ट गवर्नर आर. बी. पाण्डेयले सेवाको महत्वमाथि प्रकाश पार्दै आश्रितहरूको सुस्वास्थ्यको कामना गरे। साथै, उनले सेन्ट्रल सिटी लायन्स क्लबद्वारा चालु सत्रमा गरिएको विविध सामाजिक सेवाको प्रशंसा गरे।

कार्यक्रममा लायन्स तीनका क्षेत्रीय प्रमुख रामेश्वर गुप्ता, जोन चेयरम्यान डा. लक्ष्मी थापा, भूतपूर्व अध्यक्ष मीणा टिब्रेवाल दम्पति, देवन्ति साह, सलोनी सीखा, सरिता सिंहलगायत समाजसेवी, पत्रकार तथा मानव सेवा आश्रमका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आजको पौष्टिक आहार भूतपूर्व अध्यक्ष मीणा टिब्रेवाल दम्पतिको सौजन्यमा प्रदान गरिएको जानकारी लायनका महान योद्धा एवं वरिष्ठ लायन राधेश्याम खेतानले दिएका हुन्।

सामाजिक सेवामा अग्रसर सेन्ट्रल सिटी लायन्स क्लबको यो अभियानले आश्रितहरूप्रति माया, सद्भाव र मानवीय उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM