२०८२ फाल्गुन ३० गते शनिबार

मुख्यमन्त्री शतिश कुमार द्वारा खानेपानी संकट समाधानमा प्रदेश सरकार पूर्णत क्रियाशील

 

मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमारले वीरगञ्जसहित विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र आज अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्न पठाइएको छ। प्रत्येक वारुणयन्त्र ५ हजार लिटर क्षमताको रहेकाले एकपटकमा ४० हजार लिटर पानी आपूर्ति गर्न सकिनेछ। यी वारुणयन्त्रहरू २४ सै घण्टा सञ्चालनमा रहने छन्।

मुख्यमन्त्रीका अनुसार यी यन्त्रहरूको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालनको जिम्मा नेपाली सेनालाई दिइएको छ।

यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका तीनवटा ट्याङ्कर परिचालन गरेर पानी आपूर्ति गरिसकेको छ। अहिले पुनः खानेपानी अभाव रहेको क्षेत्रमा नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र थप १ वटा वारुणयन्त्र पठाउने तयारी भइरहेको जानकारी दिइएको छ।

मुख्यमन्त्री शतिश कुमार द्वारा संकटबाट प्रभावित नागरिकहरूप्रति सरकार गम्भीर छ। प्रदेश सरकार नागरिकसँगै छ। संघीय सरकार, स्थानीय तह र विभिन्न दातृ निकायहरूसँग समन्वय गरी उपलब्ध साधन–स्रोतको अधिकतम उपयोग गर्दै समस्या समाधानका लागि सरकार निरन्तर क्रियाशील रहनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM