२०८२ चैत्र ११ गते बुधबार

सांस्कृतिक पोशाक दिवस भव्य रूपमा सम्पन्न

 

कंचनजंगा स्कूलले शैक्षिक सत्र २०८२ का लागि तय गरेको नारा “हाम्रो संस्कृति प्रवर्द्धन गरौँ ”लाई व्यवहारमा उतार्दै आज विद्यालयमा सांस्कृतिक पोशाक दिवस विशेष कार्यक्रमसहित मनाएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका र अधिकांश विद्यार्थीहरू विभिन्न सांस्कृतिक पोशाकमा आकर्षक रूपमा सजिएर उपस्थित भए। यस अवसरमा विद्यालयले तराई क्षेत्रको समृद्ध सांस्कृतिक विरासत र परम्परागत मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको सन्देश दिएको छ।

विशेष उपस्थितिका रूपमा विद्यालयका निर्देशक माटिन मोक्तानले कार्यक्रममा सहभागिता जनाउँदै भने, “हाम्रो संस्कृति हाम्रो पहिचान हो। यसलाई जोगाउनु र आगामी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो।” उनले विद्यार्थीहरूलाई आफ्नै मौलिकता र विविधता प्रति गर्व गर्न आग्रह गरे।

कार्यक्रममा शिक्षक, विद्यार्थी र विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले समय–समयमा यस्ता कार्यक्रममार्फत सांस्कृतिक विविधतामा एकता र आपसी सद्भाव बढाउन योगदान दिइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM