पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा जिल्लाका विभिन्न स्थानमा बढ्दो खानेपानी अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय (जाप्रका) पर्साले मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करमार्फत खानेपानी वितरण सुरु गरिएको जनाएको छ। यो कार्य जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सञ्चालन हुँदैछ।
वितरणका लागि नेपाली सेना श्रीजंग गण, पर्साबाट ट्याङ्कर परिचालन गरिनेछ। पानी वितरण समय विहान ५:०० बजेदेखि राति १०:०० बजेसम्म रहने प्रशासनले जनाएको छ।
खानेपानीको समस्या भोगिरहेका व्यक्ति वा टोल/बस्तीका प्रतिनिधिहरूले समस्या सूचित गर्न तलका माध्यम प्रयोग गर्न सक्नेछन्:
जिल्ला विपद् व्यवस्थापन समिति टोल–फ्री (पैसा नलाग्ने) हेल्पलाइन: ९८५५०१७९९७ प्रमुख जिल्ला अधिकारी (पुडा) सिधा सम्पर्क: ९८५५०७७७७७
जाप्रका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, सूचनालाई प्राथमिकताका आधारमा व्यवस्थापन गरी प्रभावित क्षेत्रमै खानेपानी पु¥याउने प्रयास भइरहेको छ, र स्थानीयवासीको सक्रिय जानकारी सहकार्यका लागि अत्यावश्यक छ।सम्बन्धित सबैलाई आवश्यक पर्दा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।










