२०८२ चैत्र १० गते मंगलवार

पर्सामा सुनचाँदी व्यवसायीको अनिश्चितकालीन बन्द सुरु

 

नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत लागू गरिएको अव्यवहारिक कर नीति र आन्तरिक राजस्व कार्यालयबाट आएको बिल, बीजक तथा जरिवानाका कारण पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू व्यवसाय सञ्चालन गर्न अन्यौलमा परेका छन्।

पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालिगढ संघको साउन १ गते बसेको संयुक्त बैठकले सो कर नीति विरुद्ध आक्रोश व्यक्त गर्दै आज साँझ ६ बजेदेखि अर्को सूचना नभएसम्म सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गर्ने निर्णय गरेको हो।

संघले जारी गरेको सूचनामा भनिएको छ,
“हाम्रो व्यवसाय पलायन हुने खतरा बढ्दै गएको अवस्थामा बाध्यतावश व्यवसाय बन्द गर्ने निर्णयमा पुगेका छौँ।”

त्यसैगरी, बन्द अवधिमा कसैले व्यवसाय सञ्चालन गरेको पाइएको खण्डमा पहिलो पटक रु ५,१०० र दोस्रो पटक रु ११,००० जरिवाना गरिने चेतावनी दिइएको छ। संघले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध भई आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM