नेपाल विश्व हिन्दू महासंघको आयोजनामा सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाललाई एक विशेष समारोहका बीच सम्मान तथा विदाई गरिएको छ।

कार्यक्रममा महासंघका महानगर अध्यक्ष अमर सर्राफको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष अर्जुन सर्राफ, सचिव ओम बर्णवाल, राष्ट्रिय बजरंग दलका विवेक सिंह, विश्व हिन्दू परिषदका सदस्यलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका वक्ताहरूले एसपी धिमालले आफ्नो कार्यकालमा देखाएको उत्कृष्ट योगदान र जनसेवाप्रतिको समर्पणको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरेका थिए।

Post Views: 463









