वीरगञ्ज बाल सुधार गृह वीरगञ्जमा कार्यरत चौकीदार प्रमनन्द गुप्ता ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा पक्राउ परेका छन्।
सिराहा जिल्लाको लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्तालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, गुप्ताले बाल सुधार गृहमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १० जना कैदीहरूलाई दबाब र प्रभावमा पारेर नगद र ई–सेवा मार्फत १० लाख १५ हजार ३ सय ७० रुपैयाँ असुलेको आरोप लागेको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Post Views: 335









