२०८२ फाल्गुन २१ गते बिहीबार

प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त पहलमा छात्रवृत्ति परीक्षा

 

प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त सहकार्यमा कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा आगामी २०८२ साउन १० गते (शनिबार) सञ्चालन हुने भएको छ। यस सम्बन्धमा आज वीरगञ्जमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइयो।

प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र सचिव अमित आलोकले पत्रकार सम्मेलनमा जानकारी दिँदै छात्रवृत्ति परीक्षाको उद्देश्य विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्नु र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्नु रहेको बताए।

प्रमुख विवरणहरू परीक्षा मिति १० शनिबार हुने छ।फारम बुझाउने अन्तिम मिति ६ गते प्रवेश पत्र वितरण ८ छात्रवृत्ति विद्यार्थी संख्या: २८ जना छात्रवृत्ति पुरस्कार पहिलो स्थान: ल्यापटप + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति,दोस्रो स्थान: ट्याब + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति,तेस्रो स्थान: ड्रेस + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति हुने छ।

साइन्स स्ट्रीमका लागि रु.१५,००० छुट (छात्राहरूलाई थप रु.२,००० छुट म्यानेजमेन्ट स्ट्रीमका लागि रु.५,००० छुट छात्राहरूलाई थप रु.२,००० छुट हुने।यो परीक्षा SEE उत्तीर्ण सबै विद्यार्थी (प्याब्सन, एनप्याब्सन, सरकारी वा एनजी ग्रेड)**का लागि खुला हुनेछ। छात्रवृत्ति पाउने विद्यार्थीहरूले प्याब्सन वीरगञ्जका १०+२ सदस्य कलेजहरूमा मात्र भर्ना हुनुपर्नेछ।

मास्कट एकेडेमी +2: Management – २ जना,ज्ञानदा एकेडेमी: Science/Management – २ जना,मिनिल्याण्ड सेक. स्कुल +2: Management – ५ जना,बिरगञ्ज इङ्ग्लिश पब्लिक स्कुल (BPS) +2: Management – २ जना,ओम नेशनल एकेडेमी +2: Science – २ जना,बी.पी.सी.: Management – २ जना,सनलाइट सेक. स्कुल +2: Management – २ जना,हिमालयन पिरामिड्स: Science – ५ जना,बिरगञ्ज कलेज प्रा. लि. (BCPL): Management/Education/Law/Journalism – ४ जना,सिद्धार्थ नेशनल स्कुल: Science/Management – २ जना गरि कुल २८ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बिरगञ्ज कलेज प्रा. लिका निर्देशक दिपेन्द्र चौधरी, BPS का निर्देशक दिपक पटेल, मास्कट एकेडेमीका निर्देशक बिजय साह लगायत सरोकारवाला उपस्थित थिए।

कार्यक्रम सञ्चालन प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले गरेका थिए।प्याब्सन वीरगञ्जले यो कार्यक्रमलाई प्रदेश २ मा उदाहरणीय छात्रवृत्ति पहलका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। पत्रकारहरूलाई यो जानकारी आवश्यक विद्यार्थीसम्म पुर्याउन आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM