२०८२ चैत्र १० गते मंगलवार

बजरंग हल छेउछाऊँ वृक्षारोपण: ६० बिरुवा रोपिँयो वातावरण सचेतनामा जोड

 

सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत आज शनिबारको दिन वीरगन्ज महानगरपालिका–२४ रामघढवास्थित बजरंग हलका पूर्व र पश्चिमतर्फको सडक छेउछाऊँ आज बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय चुरे–तराई मधेश संरक्षण विकास समिति, वीरगन्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त आयोजनामा, तथा फ्रेन्ड्स क्लव अफ रामघढवा वीरगन्ज पर्साको सहकार्यमा सम्पन्न भयो।

समारोहको अध्यक्षता जयप्रकाश खेतानले गरे। प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रा रहेका थिए भने विशिष्ट अतिथिमा वीरगन्ज महानगरका प्रहरी प्रमुख हरि भुसाललगायत अधिकारीहरूको उपस्थिति थियो। फ्रेन्ड्स क्लव अफ रामघढवाका अध्यक्ष सन्दिप चौरसिया पनि सहभागी थिए।

कार्यक्रमअन्तर्गत करिब ६० वटा विभिन्न जातका बिरुवाहरू सडक किनारामा रोपियो। बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि लोहाको जाली (प्रोटेक्टिभ गार्ड) जडान गरिएको आयोजक समितिले जानकारी दियो।

सामुदायिक प्रहरी र सेवा केन्द्रका पदाधिकारीहरू, आजीवन सदस्य, स्थानीय सर्वसाधारण तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूमा संचारकर्मी अभिलाष गुप्ता, सुश्मिता यादव, साथै ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा र सदस्यहरू राकेश अग्रवाल, चन्द्र अग्रवाल, ललित अग्रवाल, शुशिल कादमियाँ सहितका टोली उपस्थित थिए। प्रहरीतर्फबाट वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद सहभागी भएको जनाइएको छ।

आयोजकहरूका अनुसार कार्यक्रमले सडक किनारामा हरियाली विस्तार गर्ने मात्र होइन, वातावरण संरक्षणबारे जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM