रक्सौल, पूर्वी चम्पारण। स्थानीय कावेरी होटलमा लायन्स क्लब अफ रक्सौलको लायन वर्ष २०२५/२६ को प्रथम मासिक बैठक क्लब अध्यक्ष लायन बिमल सर्राफको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा सचिव लायन मोहम्मद निजामुद्दिन र कोषाध्यक्ष लायन अमित कुमारसहित क्लबका सदस्यहरूको सक्रिय सहभागिता थियो।
बैठकले सर्वसम्मतिले आगामी प्रमुख सामाजिक तथा सेवामूलक गतिविधिहरू तय गर्योःहजारीमल उच्च विद्यालयमा वृक्षारोपण,रक्सौल स्टेशन परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर,सावन महोत्सव कार्यक्रम,अगस्ट १५ (स्वतन्त्रता दिवस) का दिन ध्वजारोहण।
बैठकमा वातावरणीय असन्तुलनलाई मध्यनजर राखी वृक्षारोपण अभियानलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको बताइयो। तीव्र गतिमा अगाडि बढिरहेको भूमण्डलीकरणको परिवेशमा समुदायलाई स्वास्थ्यप्रति सचेत गराउन नियमित स्वास्थ्य शिविरहरुको आवश्यकता रहेको निष्कर्ष पनि निकालियो। लायन्स इन्टरनेशनलले “समाजका लागि सेवा” भन्ने उद्देश्यअनुसार यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको र रक्सौल शाखा त्यसमा कृतसंकल्पित रहेको क्लबले स्पष्ट पारेको छ।
संयोगवश, बैठककै दिन जोनल चेयरपर्सन लायन शम्भू प्रसाद चौरसियाको जन्मदिन परेकाले उपस्थित सदस्यहरूले केक काटी शुभकामना आदानप्रदान गर्दै समारोहलाई उल्लासमय बनाए।
उपस्थित सदस्यहरूमा लायन शम्भू प्रसाद चौरसिया, लायन गणेश धानोठिया, लायन नारायण रुंगटा, लायन साइमन रेक्स, लायन बसन्त जालान, लायन संजय गुप्ता, लायन हरीश खत्री, लायन हेमन्त अग्रवाल, लायन रमेशजी रौनियार, लायन राजु गुप्ता, लायन अजय हिसारिया, लायन प्रियङ्का सोनी, लायन पूनम सर्राफ, लायन नूतन चौरसिया, लायन सीमा बरनवाल, लायन नीलम हिसारिया र लायन सरिता खत्री रहेका थिए। सबैले लायन्सको मूल भावनाः “WE SERVE” (हामी सेवा गर्छौँ) लाई अझ सबल रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
राष्ट्रगानसहित बैठकको समापन गरिएको जानकारी क्लब अध्यक्ष तथा मिडिया प्रभारी लायन बिमल सर्राफले पत्रकारसँग साझा गर्नुभयो।









