२०८२ फाल्गुन २० गते बुधबार

जनकपुरमा युवकको हत्या प्रकरण : एक युवती पक्राउ

 

 

जनकपुरस्थित होटल एसपी एण्ड गेष्टहाउसमा शनिबार राति युवकको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ निवासी २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्या गरेको आरोपमा महोत्तरीको बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार शनिबार राति होटलमा प्रवेश गरेका विमलेश करिब पाँच घण्टापछि नग्न र रक्ताम्य अवस्थामा पहिलो तलाबाट खसेका थिए। होटलको सिसीटीभी फुटेजमा युवती जुली झा तल ओर्लेर भागिरहेको देखिएको छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आइतबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM