२०८२ चैत्र १० गते मंगलवार

कपडा सहयोग अभियान अन्तर्गत कृष्णा कुशवाहाद्वारा नयाँ कपडा हस्तान्तरण, बैंकको कार्यको प्रशंसा

 

“तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, र तपाईंलाई जरुरी छ भने कमि भए हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै “वीरगंज कपडा बैंक”ले विगत ६ वर्षदेखि निरन्तर रूपमा दिन–दुःखी तथा असहायलाई नयाँ–पुराना कपडासहित विभिन्न राहत सहयोग प्रदान गर्दै आइरहेको छ।

यसै सन्दर्भमा आज वीरगंज–१३ राधेमाई निवासी मानवताप्रेमी कृष्णा कुशवाहाले वीरगंज कपडा बैंकको कार्यालयमै पुगेर कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र सचिव कन्हैया पटेललाई संयुक्त रूपमा २ झोला नयाँ कपडा हस्तान्तरण गर्नुभएको छ।

कपडा हस्तान्तरण गर्दे कुशवाहा ज्युले बैंकले गरिरहेको सामाजिक कार्यको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “बैंकको कार्य अत्यन्तै प्रेरणादायी छ। समाजका असहाय तथा पीडितहरूमाथि कपडा बैंकले देखाएको समर्पण वास्तवमै प्रशंसनीय छ।”

उहाँको सहयोगप्रति बैंक परिवारले आभार व्यक्त गर्दै समाजका अन्य व्यक्तिहरूलाई पनि यस प्रकारको सेवामूलक कार्यमा प्रेरणा लिन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM