वीरगंज महानगरपालिकाको कार्यालयको आयोजनामा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य वीरगंज शहरलाई हरियाली बनाउनुका साथै भारतको सीमावर्ती नाका रक्सौलदेखि वीरगंजको जिल्ला हुलाक कार्यालयसम्म “डेनवान सरसफाई अभियान” अन्तर्गत सरसफाइमा जनचेतना फैलाउनु रहेको छ। सोही सन्दर्भमा वीरगञ्जका जलाशय क्षेत्रमा डुंगा सञ्चालन शुभारम्भ गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंह तथा कार्यक्रम अध्यक्ष जयप्रकाश खेतान थिए। कार्यक्रममा समाजका विभिन्न तहका प्रतिनिधिहरू, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका उच्च अधिकारीहरू, सञ्चारकर्मी, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारीसहित करिब २५० जनाको उपस्थिति रहेको थियो।

उपस्थित प्रमुख अतिथि राजेशमान सिंह, नगर प्रमुख, वीरगंज महानगरपालिका तथ विशिष्ट अतिथीमा डीएस मिना, प्रमुख, भारतको महावाणिज्य दूतावास, वीरगंज,पुरन चन्द्र भट्ट, सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हे.क्वा, वीरगंज,लोकराज भट्ट, प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंजनिरोज चौलागाईं, प्रहरी निरीक्षक, वडा प्रहरी कार्यालय, बिर्ता,हरिप्रसाद भुसाल, नगर प्रहरी निरीक्षक, वीरगंज महानगरपालिका,सर्फुदिन मियाँ, सरसफाई अधिकृत, वीरगंज महानगरपालिका,प्रकाश ऐरी, वातावरण शाखा अधिकृत, वीरगंज महानगरपालिका,ग्रीन सिटी सेवा केन्द्रका प्रमुख सहभागिहरू सुशील कादमियाँ,राकेश अग्रवाल,कैलाश बजाज,त्रिलोकचन्द दरूका,अध्यक्ष, नेपाल इनोभेटी सोसाइटीका अध्यक्ष कमल चौगाई, वसन्तप्रसाद उपाध्याय समाजसेवी लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
प्रहरी बरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे, प्रहरी जवान अमर सिंह साउद, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर
कार्यक्रमले वीरगञ्जको वातावरण सुधार, सार्वजनिक सहभागिता र प्रहरी–समुदायको सम्बन्ध मजबुत बनाउने प्रयासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

















