२०८३ जेष्ठ ३ गते आईतवार

नेपाली कांग्रेसका महामानव बी.पी. कोईरालाको ४३औं स्मृति दिवसमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेसका महामानव तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेष्वर प्रसाद कोईरालाको ४३ औं स्मृति दिवसको अवसरमा वीरगंजमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रबार वीरगंज महानगरपालिका वडा नं. ९ स्थित रानीघाटमा रहेको नेपाली कांग्रेस वडा नं. ९ बुथ कमिटीको कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको आयोजना नेपाली कांग्रेस वीरगंज महानगर वडा नं. ९ बुथ कमिटीले गरेको हो।

कार्यक्रमको अध्यक्षता शिवजी प्रसाद गुप्ताले गरेका थिए भने प्रमुख अतिथि प्रेम चन्द्र कुश्वाहा रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता, अतिथि वडा नं. २७ का अध्यक्ष हिरदय नारायण प्रसाद पटेल, दिलीप शर्मा बराल, वडा सदस्यहरू लाल बाबु, नन्द किशोर चौहान, गिता मानन्धर, र कुमारी सोनी पासवानजस्ता जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रम सञ्चालन सतीश सिंह राजपूतले गरेका थिए।
कार्यक्रममा समाजमा योगदान पुर्याएका ५० जना भन्दा बढी जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा निम्न व्यक्ति रहेका छन रामचन्द्र रौनियार,कुमार बराल,मोतिलाल प्रसाद कलवार,कमल प्रसाद रौनियार,राजेन्द्र तुरहा,छोटेलाल सर्राफ,नुरुल होदा अन्सारी,बिकास रौनियार,जय नाथ साह,उमेश साह,कृष्ण उदास,कनहैया केशरी,सुनिता रौनियार लगाएतकाहरु थिए।

कार्यक्रममा प्रमुख अतिथि कुश्वाहाले बी.पी. कोईरालाको विचार, योगदान र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको भूमिकालाई स्मरण गर्दै युवा पुस्तालाई उहाँको आदर्श पछ्याउन प्रेरित गर्ने खालका विचार व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि बी.पी. कोईरालाको योगदानको स्मरण गर्दै जेष्ठ नागरिकप्रतिको सम्मान भावी पुस्ताका लागि प्रेरणादायी हुने बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM