खानेपानी मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा फैलिएको गम्भीर जलसंकट समाधानका लागि सभी पक्षको साझा जिम्मेवारी र हातेमालो आवश्यक रहेको बताएका छन्।

शुक्रबार ठोरी गाउँपालिका–४ मा सम्पन्न “निर्मल बस्ती खानेपानी आयोजना” को उद्घाटन गर्दै मन्त्री यादवले मन्त्रिपरिषद्बाट ती जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए।
आयोजनाबाट २१६५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाउँदै उनले यो योजना दिगो समाधानको प्रतिबिम्ब भएको बताए।
ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, पम्प हाउस र ट्रीटमेन्ट प्लान्टसहितका संरचनाबाट ठोरीवासीलाई स्वच्छ खानेपानी आपूर्ति गरिनेछ।
कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग अध्यक्ष तवेरेज अहमद, आयोजनाका पदाधिकारी र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।









