किरण आँखा अस्पताल द्वारा सर्लाहीको बारहथवा–९, मुर्तिया स्थित आदर्श सरस्वती इंग्लिस बोर्डिङ स्कुलमा निशुल्क आँखा जाँच तथा दन्त परीक्षण मेगा क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ।
स्वाती सेकन्डरी इंगलिश स्कुल र आदर्श सरस्वती इंगलिश बोर्डिङ स्कुलको संयुक्त आयोजना तथा किरण आँखा अस्पताल र डा. प्रेरणा प्रीयदर्शिनी झाद्वारा प्रदान गरिएको सेवामा जम्मा १४७० जना विद्यार्थीहरूले आँखा र दाँत परीक्षण गराएका हुन्।
किरण आँखा अस्पताल, वीरगञ्जको टोलीद्वारा सञ्चालन गरिएको आँखा परीक्षणमा १४७० विद्यार्थीको परीक्षण गरिएको थियो।त्यसमध्ये २१० जना विद्यार्थीहरूमा दृष्टि समस्याको पहिचान भई चस्माको आवश्यकताका लागि अस्पतालमा रेफर गरिएको जानकारी दिइएको छ।
दन्त चिकित्सक डा. प्रेरणा प्रीयदर्शिनी झाको टोलीद्वारा सम्पूर्ण १४७० विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो।
यस स्वास्थ्य क्याम्पलाई रोटरी क्लब अफ वीरगञ्ज (R.I. District 3292) ले पनि सहयोग प्रदान गरेको थियो।
उक्त कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नुका साथै समयमै उपचार र समस्याको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रशासनले जनाएको छ।









