रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ वीरगञ्जको ३८औं अध्यक्षता हस्तान्तरण समारोह (इन्स्टलेशन सेरेमनी) आज शनिवार वीरगञ्जको होटल पुजनमा विशेष कार्यक्रमका साथ आयोजना गरिएको थियोे।
“युनाइट फर गुड” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस समारोहमा डिष्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोईराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नव–निर्वाचित अध्यक्ष रोटेरियन गोपाल खेतानले पूर्व अध्यक्ष रोटेरियन निर्मल खत्रीबाट क्लबको नेतृत्व ग्रहण गरेका थिए।
समारोहमा अन्य विशिष्ट अतिथिहरूमध्ये डिष्ट्रिक्टका एजी धन बहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा रोटरी मेम्बरशिप को–अर्डिनेटर २०२६–२९ का लागि सञ्जय गिरि, PDG Jitendra Raj Bhandari, DMC लक्ष्मण ज्ञवाली, डिष्ट्रिक्ट पब्लिक इमेज चियर अमित गिरि, तथा संयुक्त डिष्ट्रिक्ट सचिव (रिजन ६) डा. आर. के. भट्टराई लगायत विशिष्टहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रमको प्रारम्भ रुद्राक्ष र पुष्पगुच्छा अर्पण तथा रोटर्याक्ट सदस्यहरूको सहयोगमा चार्टर सदस्यद्वारा दीप प्रज्वलनबाट गरिएको थियोे । त्यसपछि पुर्व अध्यक्ष डा. आनन्द कुमार झाको स्वागत मन्तव्य, राष्ट्रिय गान, रोटरी गीत, एवं औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियोे।
रोटरी क्लब अफ वीरगञ्ज (२०२५–२६) को कार्यसमितिमा चयनित पदाधिकारीहरू अध्यक्ष: रोटेरियन गोपाल खेतान,पुर्व अध्यक्ष रोटेरियन निर्मल खत्री,उपाध्यक्ष: रोटेरियन अमित गुप्ता,अध्यक्ष पदका लागि चयनित: रोटेरियन राकेश मिश्र,सचिव रोटेरियन दिनदयाल केडिया,सह–सचिव रोटेरियन कविता खेतान,कोषाध्यक्ष: रोटेरियन कृति चौधरी,संयुक्त कोषाध्यक्ष रोटेरियन दीपा रूंगटा,क्लब प्रशासन निर्देशक: डा. प्रेरणा झा,सेवा परियोजना निर्देशक पूजा सिंघानिया,सदस्यता निर्देशक पियुष गुप्ता,युवा सेवा निर्देशक आयुष गुप्ता,रोटरी फाउन्डेशन निर्देशक दीपक तुलस्यान,रोटर्याक्ट–इन्टरेक्ट समन्वय निर्देशक अभिषेक चौधरी,वित्त तथा कोष सङ्कलन निर्देशक डा. सस्वत प्रसाद,सार्वजनिक सम्बन्ध निर्देशक संजय कुमार,महिला विकास निर्देशक कल्पना भगत,रोटरीमा महिला सहभागिता निलीमा तुलस्यान,व्यावसायिक विकास निर्देशक: स्वेता गुप्ता लत तथा निवारण कार्यक्रम निर्देशक डा. आनन्द कुमार झा,सर्जेन्ट एट आर्म्स अर्जुन कुमार खेतान रहेका थिए।
समारोहमा वीरगञ्ज, मोतिहारी, बेतिया सेन्ट्रल तथा हेटौंडा लगायतका रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।









