२०८२ मंसिर २६ गते शुक्रबार

आशा किरण केन्द्रमा सुस्त मानसिक अवस्थाको एक शिशुको वार्षिक खर्च समाजसेवी राजेश्वरी अमात्य द्वारा प्रदान

 

समाज सेवामा निरन्तर अग्रसर रहँदै आएकी प्रतिष्ठित अमात्य ग्रुपकी निर्देशक तथा वीरगंजकी प्रख्यात समाजसेवी श्रीमती राजेश्वरी देवी अमात्यले सामाजिक उत्तरदायित्व अन्तर्गत “आशा किरण केन्द्र”मा आश्रित सुस्त मानसिक अवस्थाको एक शिशुको एक वर्षको सम्पूर्ण दायित्व ग्रहण गरेकी छन्।

आशा किरण केन्द्रमा आयोजित विशेष कार्यक्रममा समाजसेवी अमात्यले केन्द्रका संचालक सुनील गुप्तालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै उक्त शिशुसहित केन्द्रका सम्पूर्ण बालबालिकाको सुस्वास्थ्य, शिक्षा र समुन्नत भविष्यको कामना व्यक्त गरिन्।

उक्त अवसरमा उनले भनिन् “शिशुहरूको माया, हेरचाह र भविष्यप्रति हाम्रो सामाजिक उत्तरदायित्व हो। यस्तो पुण्यकार्य गर्न पाउँदा आत्मिक सन्तुष्टि मिलेको छ। आशा छ, अन्य व्यक्तिहरू पनि प्रेरित भई यस्ता अभियानमा सहभागी हुनेछन्।”

कार्यक्रममा समाजसेवी, दातृ परिवार, सञ्चारकर्मी, शिशुप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले राजेश्वरी अमात्यको यस मानवीय कदमको मुक्तकण्ठले प्रशंसा गर्दै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।

केन्द्रका संचालक सुनील गुप्ताले सहयोगप्रति आभार व्यक्त गर्दै भने“यस्ता सहयोगहरूले हामीलाई अझ प्रेरित गर्छन्। विशेष आवश्यकता भएका बालबालिकाको जीवन सुधारमा यस्तो समर्थन अमूल्य हुन्छ।”

श्रीमती राजेश्वरी अमात्यद्वारा सुरु गरिएको यो सहयोग पहलले वीरगंज क्षेत्रमा मानवता र संवेदनशीलताको प्रतिमूर्ति बनेको छ। यो कार्यले अन्य दातृ व्यक्तिहरूलाई पनि समाजसेवामा सहभागी गराउने प्रेरणा दिने विश्वास गरिएको छ। उक्त जानकारी वरिष्ठ समाजसेवी राधेश्याम खेतानले दिनु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM