मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार दिउँसो १२:४५ बजे पर्सा जिल्लाको वीरगञ्जस्थित पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर एकजना अन्दाजी ३५ वर्षीय पुरुषलाई उद्धार गरेको छ। ती व्यक्ति आफ्नो नाम र ठेगाना स्पष्ट रूपमा बताउन सक्ने अवस्थामा थिएनन्।
उद्धार गरिएका व्यक्तिलाई मानवसेवा आश्रम वीरगञ्जमा लगिएको छ। आश्रम पुर्याइएपछि उहाँको सरसफाइ तथा नुहाइ–धुहाइ गराई डा. भरत गोईज्यूको निगरानीमा औषधि उपचार प्रक्रिया अगाडि बढाइएको छ।
उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता एवं अभिभावक प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव तथा स्थानिय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
मानवसेवा आश्रमले सडकमा आश्रयविहीन जीवन बिताइरहेका अशक्त तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना गर्दै आइरहेको छ।









