२०८२ चैत्र ५ गते बिहीबार

शिक्षा मात्र पढाइ होइन, सेवा पनि हो: जीवन ज्योति माध्यमिक विद्यालयद्वारा ‘चिसो पानी वितरण’ कार्यक्रम

 

“Education in Action: Nurturing Compassion and Service” भन्ने नारालाई आत्मसात् गर्दै जीवन ज्योति माध्यमिक विद्यालय, वीरगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘चिसो पानी वितरण’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले वीरगञ्जका विभिन्न स्थानमा निस्वार्थ भावनाले आम नागरिकहरूलाई चिसो पानी वितरण गरे।

विद्यालयले यस्तो कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई पाठ्यपुस्तकबाहिरको शिक्षा, अर्थात् दया, सेवा र सामाजिक चेतनाको पाठ सिकाउन चाहेको स्पष्ट देखिन्छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले गर्मीको मौसममा घन्टाघर चौकमा निशुल्क चिसो पानी वितरण गरेका थिए । उनीहरूको सेवाभाव, मुस्कानसहितको व्यवहार र अनुशासनले सर्वसाधारणको ध्यान खिच्यो।

विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले प्रतिक्रिया दिँदै भने,
“हामी चाहन्छौं हाम्रा विद्यार्थीहरू केवल परीक्षामा मात्र उत्कृष्ट नहून्, तर जीवनका वास्तविक परिस्थितिहरूमा पनि सहृदय र जिम्मेवार नागरिक बनून्।”

विद्यालयले सामाजिक सेवामा विद्यार्थीलाई अभिप्रेरित गर्दै यस्तो खालका कार्यक्रमहरू निरन्तर गर्दै आएको छ। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, टीमवर्क, र समाजप्रतिको उत्तरदायित्व विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमप्रति स्थानीय बासिन्दा, अभिभावक, तथा समाजसेवीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। धेरैले विद्यालयको पहललाई “साँच्चिकै अनुकरणीय” भन्दै प्रशंसा गरेका छन्।

जीवन ज्योति माध्यमिक विद्यालयको यस प्रकारको अभियानले शिक्षा क्षेत्रले समाजमा पुर्‍याउन सक्ने सकारात्मक प्रभावलाई उजागर मात्र गरेको छैन, विद्यार्थीहरूलाई पनि ‘शिक्षा भनेको समाजप्रतिको सेवा’ हो भन्ने जीवनमूल्य आत्मसात् गर्न प्रेरित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM