२०८२ फाल्गुन २७ गते बुधबार

विश्व मानव बेचबिखन विरोध दिवसको अवसरमा रक्सौल रेल्वे स्टेशनमा ‘प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण’ द्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

“बाल्यकाल बेच्नेहरूलाई सजाय देऊ निर्दोषहरूलाई नयाँ भविष्य देऊ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम सम्पन्नभएको छ।साउन १४ गते २०२५ जुलाई ३० का दिन प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण द्वारा विश्व मानव बेचबिखन विरोध दिवस को अवसरमा रक्सौल रेल्वे स्टेशन, पूर्वी चम्पारण मा एक विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्देश्य मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्नु र स्टेशन क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरू तथा यात्रुहरूलाई यस गम्भीर सामाजिक अपराधप्रति संवेदनशील बनाउनु रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रयास जुभेनाइल एड सेन्टरकी जिल्ला परियोजना समन्वयक आरती कुमारी ले गर्नु भएको थियो। कार्यक्रममा रेलवे सुरक्षा बल (RPF), राजकीय रेल प्रहरी (GRP), सशस्त्र सीमा बल (SSB 47th), मानव बेचबिखन विरोधी इकाई AHTU बेतिया, ट्रेन टिकट निरीक्षक (TT), स्टेशन प्रमुख, विक्रेता (वेंडर), कुली, बचपन बचाओ आन्दोलन (AVA), चाइल्ड हेल्पलाइन, स्वच्छ संस्था, न्याय नेटवर्क डंकन अस्पताल रक्सौल लगायतका निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको क्रममा मानव बेचबिखन विरोधी इकाईका निरीक्षक विकास कुमार ले बेचबिखनका शिकार बालबालिका तथा महिलाहरूको पहिचान, तस्करहरूको रणनीति, र कानुनी तथा संस्थागत प्रतिकार्यहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले रेल्वे स्टेशनजस्ता भिडभाडयुक्त स्थानहरू मानव बेचबिखनका लागि अत्यन्त संवेदनशील हुने हुँदा सम्पूर्ण निकायहरूलाई सधैं सतर्क रहन आग्रह गर्नुभयो।

प्रयास जुभेनाइल एड सेन्टरकी आरती कुमारी ले पनि सहभागीहरूलाई मानव बेचबिखन रोकथामसम्बन्धी उपयोगी जानकारी दिइन्, पोष्टर र पम्प्लेट वितरण गरियो, साथै सबै उपस्थित व्यक्तिहरूले मानव बेचबिखन विरुद्ध एकजुट भएर कार्य गर्ने र कुनै पनि शंकास्पद गतिविधिको जानकारी तुरुन्त सम्बन्धित निकायहरूलाई दिने प्रतिबद्धता जनाए।

रेलवे सुरक्षा बल, रक्सौलका सब-इन्स्पेक्टर सन्तोष कुमार मिश्र ले बताउनु भयो कि कार्यक्रम रेल मन्त्रालय द्वारा घोषित मानव बेचबिखन विरोधी महाअभियान (१–३० जुलाई २०२५) अन्तर्गत आयोजना गरिएको हो। जसअन्तर्गत देशभर ट्रेनों तथा रेलवे स्टेशनहरूमा बेचबिखनका शिकार बालबालिकाहरूको पहिचान, उद्धार र पुनर्स्थापनालाई प्राथमिकता दिइएको छ।

स्टेशन प्रमुख अनिल कुमार ले भन्नुभयो, “मानव बेचबिखन रोकथामका लागि हामीले सबै सम्भव प्रयास गर्नु पर्छ।”
राजकीय रेल प्रहरी का प्रतिनिधिहरूले मानव व्यापारलाई एक संगठित अपराधका रूपमा व्याख्या गर्दै यसलाई रोक्न सतत प्रयास गरिने बताए।स्वच्छ संस्था का अध्यक्ष रञ्जीत सिंह ले मानव व्यापार एउटा गम्भीर अपराध भएको र यसलाई अन्त्य गर्न सबैले एकजुट भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

यस अवसरमा एएचटियू निरीक्षक विकास कुमार, अरविन्द द्विवेदी, खेमराज, नीतू कुमारी, आरपीएफ सब-इन्स्पेक्टर सन्तोष कुमार मिश्र, प्रयास संस्थाबाट विजय कुमार शर्मा, राज गुप्ता, अभिषेक कुमार, स्वच्छ संस्थाबाट साबरा खातून, र सयौंको संख्यामा यात्रुहरू उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM