२०८३ असार १ गते सोमबार

२४ किलोग्राम गाँजासहित दुईजना पक्राउ निजगढ प्रहरीको सफल अभियान

 

बाराको निजगढ प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन्।

ईलाका प्रहरी कार्यालय, निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार, मंगलवार राति करिब ११:३० बजे निजगढ–११ अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई जाँच गर्दा, चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको जम्मा २४ किलोग्राम गाँजा फेला पारेको जानकारी निरीक्षक लामिछानेले दिए।

हाल उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM