२०८२ पुष १ गते मंगलवार

बिरगंजका विद्यार्थीहरूबाट मानवसेवा आश्रममा अनुकरणीय सेवा कार्य

 

बिरगंज महानगरपालिका वडा न. ४ स्थित भगवती टोलमा रहेको बिकन माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। शनिबार बिहान विद्यार्थीहरूले आफ्नै खाजाको पैसाबाट बिरगंज मानवसेवा आश्रममा आश्रित ६५ जना आमा–बुवाहरूलाई खाजा खुवाउने सेवा कार्य सम्पन्न गरेका हुन्।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूकै स्वागत मन्तव्यबाट गरिएको थियो। सो अवसरमा विद्यालयका प्रिन्सिपल जय दनुवार, को–अर्डिनेटर मंगल भट्टराई, विद्यालय स्कुलका शिक्षक सुशिल ठाकुर,सन्चे मगर,प्रनिश श्रेष्ठ तथा समाजसेवी एवं सञ्चालक प्रकाश उपाध्याय विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य दिवेश गुप्ता, बिरगंज शाखा प्रमुख मुना पुलामी मगर पनि सहभागी थिए। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको मानव सेवाप्रति झुकाव र सहभागिताको प्रशंसा गरेका थिए।

समाजसेवी एवं सञ्चालक प्रकाश उपाध्यायले कार्यक्रमका क्रममा भने समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाले मात्र पुग्दैन, जबसम्म विद्यार्थीहरूमा संवेदनशीलता र सहानुभूति विकास हुँदैन। आजका यी बालबालिकाले देखाएको सहृदयता साँच्चिकै अनुकरणीय छ। यो कार्यले अरू विद्यालय र विद्यार्थीहरूलाई पनि प्रेरणा दिनेछ। मानवसेवा नै सच्चो धर्म हो भन्ने सन्देश उनीहरूले दिएका छन्।

बिकन स्कुलका संचालक प्रकाश उपाध्ययाले मानवसेवा आश्रमलाई प्रती महिना १ हजार रुपैया स्कुलको तर्फ बाट दिने घोषणा समेत गर्नु भएको छ।

कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले आफ्नै पहलमा खाजा जुटाएर सेवा कार्यमा संलग्न भएर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन्।
विद्यालय प्रशासनले पनि यस्तो कार्यलाई आगामी दिनमा निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM