२०८२ पुष १ गते मंगलवार

ब्राइट कलेजमा निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न

 

ब्राइट कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि आयोजित निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

बिरगंज दृष्टि आई एण्ड ईएनटी हस्पिटल प्रा. लि.को आयोजनामा सम्पन्न उक्त शिविरमा कूल ३०० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो।

शिविरमा स्वास्थ्य सेवा प्रदान गर्न विशेष स्वास्थ्यकर्मीहरूको टोली खटिएको थियो, जसमा अप्टोमेट्रिस्ट मिस पूजा यादव, नेत्र सहायक सनी केशरी र मिस सिम्मी मन्सुरी, आँखा स्वास्थ्यकर्मी आलोक कुमार साह तथा अस्पताल समन्वयकर्ता राजु प्रसाद रहेका थिए।

शिविरको मुख्य उद्देश्य विद्यार्थीहरूमा आँखा सम्बन्धी समस्या पहिचान गरी समयमै सल्लाह तथा उपचारको व्यवस्था मिलाउनु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना जगाउने यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने कलेज प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM