२०८२ फाल्गुन ३० गते शनिबार

सशस्त्र प्रहरी अधिकारीद्वारा मानवसेवा आश्रम अवलोकन तथा सेवा योगदान

 

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले वीरगंजस्थित मानवसेवा आश्रमको अवलोकन गर्नुका साथै बिहानको भोजन सेवामा पनि सक्रिय सहभागिता जनाएका छन्।

उनीहरूले आश्रममा आश्रित वृद्धवृद्धाहरूसँग समय बिताउँदै आत्मीयता प्रकट गरेका थिए भने सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त कार्यक्रमको अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, प्रमुख मुना मगर पुलामी, प्रदुमन सर्राफ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सहकार्य र समर्पणलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM