२०८२ फाल्गुन ५ गते मंगलवार

निर्दोष चेलीमाथि बलात्कारको घटनामा राष्ट्रिय समता पार्टीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

 

राधेमाई टोल, वडा नं. १३, वीरगञ्जमा घटेको एक दर्दनाक घटनाले सिङ्गो समाजलाई स्तब्ध पारेको छ। मोटरसाइकल मर्मत पेशामा संलग्न नेक मोहम्मद र अफ्ताब अन्सारी नामका दुई व्यक्तिले एक निर्दोष किशोरीलाई तीन दिनसम्म बन्धक बनाई बसपार्कस्थित एक होटलमा बलात्कार गरेको र त्यसपछि गम्भीर अवस्थामा घडिअर्वा पोखरीको गल्लीमा फालिएको घटनाले जनमानसमा आक्रोश उत्पन्न गराएको छ।

यस जघन्य अपराधको विरोधमा राष्ट्रिय समता पार्टी नेपाल, वीरगञ्ज महानगर समितिले नगर संयोजक अमर सर्राफको नेतृत्वमा ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय, पर्सामा बुझाएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “यो घटना केवल एक चेलीमाथिको हिंसा मात्र नभई सिङ्गो समाजका चेली–बेटीहरूको अस्मितामाथिको गम्भीर प्रहार हो।”

पक्राउ परेका दुई आरोपीहरूमाथि निष्पक्ष अनुसन्धान गर्न माग गर्दै, पार्टीले कुनै किसिमको दबाब वा मिलोमतोका आधारमा अपराधीलाई उन्मुक्ति दिन खोजिए त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिएको छ।

राष्ट्रिय समता पार्टीले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आवश्यक परेमा सडक संघर्षमा उत्रिनुपर्ने अवस्था आउन सक्छ भन्ने चेतावनी समेत दिएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयद्वारा अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM