२०८२ फाल्गुन ५ गते मंगलवार

वीरगञ्जको बिपिएस प्लस टु कलेजमा मेहन्दी तालिम सम्पन्न, ३० छात्राहरूको उत्साहजनक सहभागिता

 

वीरगञ्ज महानगरपालिका–९, रानीघाटस्थित बिपिएस प्लस टु कलेजमा छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने मेहन्दी तालिम आज एक विशेष समापन समारोहका बीच सम्पन्न भएको छ।

कलेजकै सभाहलमा सम्पन्न उक्त तालिममा इच्छुक ३० जना छात्राहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमको आयोजना कलेज व्यवस्थापनद्वारा गरिए पनि, श्री राधे कृष्ण मेहन्दी ट्रेनिङ सेन्टर, वीरगञ्जको विशेष सहयोग रहेको थियो।

तालिमकी प्रशिक्षक श्वेता गुप्ताले सावन महिनाको सांस्कृतिक महत्व र श्रृङ्गारसँग मेहन्दीको सम्बन्धबारे प्रशिक्षण दिँदै, सीपमूलक कार्यक्रममार्फत छात्राहरूको प्रतिभा र आत्मनिर्भरता विकासमा कलेजले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

समापन समारोहमा बोल्दै कलेजका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले सहभागीहरूको उत्साहलाई सराहना गर्दै भने, “कलेज व्यावसायिक र व्यावहारिक सीप विकासमा सधैं क्रियाशील रहनेछ।” उनले यस्ता कार्यक्रमले छात्राहरूको आत्मबल र सृजनात्मकता बढाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, कलेजका शैक्षिक निर्देशक दीपक पटेलले कलेजको शैक्षिक योजनाबारे जानकारी दिँदै, “शिक्षा मात्र होइन, सीप र सृजनशीलता अभिवृद्धिका कार्यक्रमहरू पनि हाम्रो प्राथमिकतामा छन्, यस्ता तालिमलाई आगामी दिनमा अझ विस्तार गरिनेछ,” भने।

सहभागी छात्राहरूले तालिम निकै रुचिकर, व्यावहारिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले मेहन्दी डिजाईन सिक्न पाएकोमा कलेज तथा प्रशिक्षकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम दोहोर्याउन अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM