२०८२ पुष १ गते मंगलवार

प्याबसन महानगर अध्यक्ष श्रीवास्तवको पहलमा ४ थान पंखा भाथाधामलाई सहयोग

 

माउन्ट मकालु इङलिस बोडिङ्ग विद्यालयका प्रीन्सिपल राहुल श्रीवास्तवले आईतबार श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर भाथाधामलाई चारथान पंखा प्रदान गरेका छन्।पर्सा जिल्ला स्थित पटेवा सुगौली गाउँपालिका वडा नम्बर १ मा रहेको बाबाको मन्दिरका लागि उपयोगी उक्त पंखा मेला समिति पत्रकार समुहका अध्यक्ष शम्भु महतो थारू मार्फत हस्तान्तरण गर्नु भएको हो ।

प्याब्सन महानगर अध्यक्ष समेत रहेका श्रीवास्तवले अहिले समाजिक धार्मिक क्षेत्रलाई समेत ध्यान केन्द्रित गरेर सो पंखा मन्दिरलाई प्रदान गरेको बताए । माँ आदय शक्ति मन्दिर परिवार अशोक बाटिका र विद्यालय परिवार मिलेर भाथा मन्दिरको पुन्य काममा सहयोग गरिएको अध्यक्ष श्रीवास्तवले बताएका हुन । चारवटा मध्ये एक थान बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका दिपेन्द्र श्रेष्ठले समेत सहयोग गरेको श्रीवास्तवले बताएका छन् ।

उनले हरेक वर्ष सो मन्दिरलाई केही न केही सहयोग गदै आइरहेकोमा यस वर्ष सिलिङ्ग पंखा हस्तान्तरण गरिएको महानगर अध्यक्ष श्रीवास्तवको भनाई छ । उनले शिक्षा क्षेत्रमा मात्र नभइ धार्मिक क्षेत्रमा समेत उतिकै महत्त्वपूर्ण योगदान गदै आइरहेकोले यस्ता धार्मिक क्षेत्रमा अन्य ब्यक्तिहरुले पनि सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM