प्रस्तावित पं. जटाशंकर तिवारी गुरुकुल संस्कृत महाविद्यालयको आयोजना तथा नेपाल विश्व हिन्दु महासंघको सहयोगमा सम्पन्न साताव्यापी बाबा वैधनाथधाम (बैद्यनाथ ज्योतिर्लिंग) धार्मिक भ्रमण एवं दर्शन यात्रामा प्रस्थान गर्न लागेका श्रद्धालु भक्तजनहरूलाई आज विशेष कार्यक्रमबीच राष्ट्रिय समता पार्टी नेपालले ससम्मान बिदाइ गरेको छ।

बिरगंज महानगरपालिका–१८ इनर्वा मनियारीका करिब ५० जना श्रद्धालुहरू यस धार्मिक यात्रामा सहभागी भएका छन्। तीर्थयात्रा अन्तर्गत भक्तजनहरूले भारतको झारखण्डस्थित सुप्रसिद्ध बाबा वैधनाथ ज्योतिर्लिंग मन्दिरको दर्शन गर्नेछन्।
बिदाइ कार्यक्रममा पार्टीका पदाधिकारी, स्थानीय समाजसेवी, धार्मिक व्यक्तित्व र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। वक्ताहरूले वैधनाथधाम दर्शनले आध्यात्मिक शान्ति, धार्मिक आस्था र सामाजिक एकताको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले धार्मिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै यात्रुहरूको सुरक्षापूर्ण आवागमन र शुभदर्शनको कामना गरे।









