२०८३ असार १९ गते शुक्रबार

नेपाल रेडक्रस सोसाइटीद्वारा वीरगंज वडा नम्बर १५ र १६ का दलित परिवारलाई बाल्टिन वितरण

 

खानेपानीको अभाव झेलिरहेका वीरगंज महानगरपालिका वडा नं. १५ का १६ दलित परिवारलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु-याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले आज बाल्टिन वितरण गरेको छ।

वितरण कार्यक्रम पर्सा शाखाका मन्त्री विनोद गिरि, कोषाध्यक्ष दयाशंकर सिंह, नि. कार्यालय प्रमुख वीर शम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल र सन्तोष पटेलको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा सहभागीहरूले स्वच्छ खानेपानीको महत्त्वबारे पनि जानकारी गराउँदै स्वास्थ्य र सरसफाइमा ध्यान दिन अनुरोध गरे।

स्थानीय बस्तीका बासिन्दाले रेडक्रसको यो सहयोगलाई स्वागत गर्दै यसले आफ्नो दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा पनि खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी विभिन्न सहयोग तथा जनचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM