२०८२ चैत्र ७ गते शनिबार

वीरगंज उद्योग वाणिज्य संघद्वारा Best Integrity पुरस्कार वितरण

 

वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको सम्मानमा स्थापना गरेको “Best Integrity पुरस्कार” सोमबार एक विशेष समारोहका बीच वितरण गरिएको छ।

समारोहमा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई रु. २५,००० नगद राशीसहित सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गर्नुभयो।

यो पुरस्कार स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्यपरायणताको स्मृतिमा स्थापना गरिएको हो। संघका अनुसार, पुरस्कारमार्फत सुरक्षाकर्मीलाई इमानदार, निस्वार्थ र समर्पित भावनाले काम गर्न प्रोत्साहित गर्ने उद्देश्य लिइएको छ।

कार्यक्रममा संघका उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोझ रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी महानिरीक्षक ढकालले कार्यक्रममा बोल्दै लोकेन्द्र सुब्बाले देखाएको कार्यशैली, कर्तव्यनिष्ठा र इमानदारीले संगठनको मर्यादा उचाल्न योगदान पुर्‍याएको उल्लेख गर्दै यो पुरस्कार योग्य व्यक्तिलाई प्रदान गर्न पाउँदा गर्व महसुस भएको बताए।

संघका अध्यक्ष हरि गौतमले पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, निजी क्षेत्र र सुरक्षाकर्मीबीच आपसी सहकार्य तथा विश्वासकै आधारमा शान्ति–सुरक्षाको वातावरण मजबुत हुने विश्वास व्यक्त गरे।यो पुरस्कार वार्षिक रूपमा उत्कृष्ट सत्यनिष्ठा प्रदर्शन गर्ने सशस्त्र प्रहरीलाई प्रदान गरिने संघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM