२०८२ फाल्गुन १९ गते मंगलवार

विशेष तीज कार्यक्रम होटल कलार्कमा सम्पन्न

 

वीरगञ्जस्थित न्यु मानोकामना जनरल स्टोर्सका सञ्चालक सज्जन कुमार अग्रवालद्वारा आयोजना गरिएको विशेष तीज कार्यक्रम सोमबार साँझ वीरगञ्जको होटल कलार्कमा भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रममा पुर्व उपमेयर शान्ती देबि कार्की,वरिष्ठ ब्युटिसियन गुडि जोशी,प्रदेश सभा सदस्य श्रीमती बिना देवी शर्मा लगाएतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मारवाडी समुदायका महिलाहरूसहित विभिन्न समुदायका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।

तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा महिलाहरूले परम्परागत गीत–संगीत, नृत्य प्रस्तुत गर्दै तीजको उल्लासमय वातावरण सृजना गरेका थिए। रंगीचंगी पोशाक, झिलिमिली गहना र परम्परागत भाकाले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।

कार्यक्रममा पुर्व उपमेयर शान्ती देबि कार्की लाई दोस्ला ओढाई सम्मानपत्र सहित सम्मान गरिएको थियोे।

कार्यक्रममा बोल्दै वरिष्ठ ब्युटिसियन गुडि जोशिले तीज पर्वलाई नारीहरूको आत्मबल, समानता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने पर्वका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकतालाई प्रबर्द्धन गर्ने विश्वास व्यक्त गरिन्।

सञ्चालक सज्जन कुमार अग्रवालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक–सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले तीजलाई सामाजिक भेटघाट, संस्कृति संरक्षण र मनोरञ्जनको माध्यमका रूपमा मनाउन पाउँदा खुशी व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM