सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले अवैध सामानसहित एक ई–लोडर बरामद गरी वीरगञ्ज भन्सारमा दाखिला गरेको छ।
सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।
ना ३ स ७२९० नम्बरको ई–लोडरमा लुकाइ–छिपाइ नेपालतर्फ ल्याइँदै गरिएको अवस्थामा जाँच गर्दा करिब रु. ६७ हजार ५०० मूल्य बराबरको स्मोकी पपिङ क्यान्डी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै प्रयोग गरिएको ई–लोडरको मूल्य रु. २ लाख ५० हजार तोकिएको छ।
बरामद गरिएको सामान र सवारीसाधन गरी कुल रु. ३ लाख १७ हजार ५०० बराबर भई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो।









