२०८२ चैत्र ७ गते शनिबार

बारा प्रहरीले महिलासहित खैरो हेरोइन बरामद

 

बारा प्रहरीले विशेष सूचनाका आधारमा खैरो हेरोइनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

फेटा गाउँपालिका–१ त्रिवेणी निवासी कृष्ण महतोकी ४० वर्षीया श्रीमती पार्वती महतोलाई लागुऔषध बिक्री वितरणमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरी नायब निरीक्षक रामकिशुन यादवको कमाण्डमा गएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार घर खानतलासीका क्रममा “शालिमार” लेखिएको झोलामा राखिएका दुई वटा प्लास्टिकका बट्टाभित्र ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। ती बट्टाभित्र क्रमशः ३ ग्राम ६३० मिलिग्राम र ६ ग्राम ५३० मिलिग्राम तौल भएको लागूऔषध पाइएकाले जम्मा १० ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

बरामद गरिएको लागूऔषध र पक्राउ परेकी पार्वती महतो दुवैलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।यससम्बन्धमा प्रहरीले लागूऔषध व्यापारमा संलग्न अन्य व्यक्तिहरुको संलग्नता खोजी कार्यलाई तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM