रक्सौल : शहरको श्रीराम जानकी मन्दिर रोड निवासी, प्रख्यात व्यवसायी तथा समाजसेवी स्व. गोपीराम धानोठियाका नाति र नरेश अग्रवाल तथा रेशमा अग्रवालका सुपुत्र डा. चिराग अग्रवालले नीट पीजी परीक्षा–२०२५ मा अखिल भारतीय ३७३ औं रैंक ल्याएर न केवल परिवार, शहर, जिल्ला मात्र नभई पुरा बिहारमै नयाँ इतिहास रचेका छन्। डा. चिरागको यस अप्रत्याशित उपलब्धिबाट परिवारजन, शुभेच्छुक तथा इष्टमित्रहरूमा खुसीको लहर छाएको छ।
गौरतलब छ कि बचपनदेखि नै मेधावी रहेका चिरागले प्रारम्भिक शिक्षा देहरादुनस्थित वेल्हम ब्वाइज र दिल्लीको डीपीएस पब्लिक स्कुल, बसन्तकुञ्जबाट हासिल गरेका थिए। त्यसपछि उनले बेलगाउँस्थित जवाहरलाल नेहरू मेडिकल कलेजबाट एमबीबीएस की डिग्री प्राप्त गर्दै आफ्नो मेहनत र प्रतिभा सिद्ध गरेका हुन्।
यस अवसरमा डा. चिरागका ताऊजी तथा लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष गणेश धानोठियाले भन्नुभयो, “डा. चिरागले सानै उमेरदेखि नै देशसेवाको भावनासहित चिकित्सक बन्ने लक्ष्य राखेका थिए र अनुशासन तथा लगनशीलतासाथ अध्ययन गर्दै आज यस मुकाममा पुगेका छन्। यो परिवारका लागि अपार हर्षको विषय मात्र नभई हाम्रो प्रतिष्ठामा अर्को अध्याय थपिएको छ।” उहाँले यो उपलब्धिबाट रक्सौलका मेडिकल विद्यार्थीहरू प्रेरित हुने र भविष्यमा समाज तथा राष्ट्रसेवामा योगदान पुर्याउने कुरामा विश्वास व्यक्त गर्नुभयो।
डा. चिरागलाई बधाई दिन आउनेहरूको ताँती लागिरहेको छ। प्रमुख रूपमा लायन्स क्लब रक्सौलका अध्यक्ष सह–मिडिया प्रभारी लायन विमलकुमार सर्राफ, रजनीश प्रियदर्शी, लायन शम्भु प्रसाद चौरसिया, लायन मोहम्मद निजामुद्दीन, लायन संजय गुप्ता, लायन बसन्त जालान, महेशकुमार अग्रवाल, रमेश अग्रवाल, अजय मस्करा, ध्रुव सर्राफ, दिनेश अग्रवाल, डा. सुजीत कुमार, लायन डा. राजीव रंजन, लायन डा. सुशील सिंह, लायन डा. प्रदीप कुमार लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्।









