२०८२ चैत्र ७ गते शनिबार

नेपाल भारत मैत्री संघ (NIFA) द्वारा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 

नेपाल–भारत मैत्री संघ (NIFA) द्वारा आयोजित तथा डिएभी आर.बी. केडिया स्कूलको आतिथ्यतामा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न गण्यमान्य व्यक्तिहरूको उपस्थिति तथा मार्गदर्शनले यस प्रतियोगितालाई अझै ऐतिहासिक र प्रेरणादायी बनाएको थियो।

उक्त कार्यक्रममा नेपाल–भारत मैत्री संघपर्साका अध्यक्ष रजत सचदेवाको अध्यक्षमा सम्पन्न भएको थियोे भने प्रमुख अतिथि भारतको महावाणिज्य दूतावास,वीरगञ्जका प्रमुख देवी सहाय मीणाको आतिथ्यमा एवं विशिष्ट अतिथिमा नेपाल भारत मैत्री संघका राष्ट्रिय अध्यक्ष शैलेन्द्र किशोर झा,पूर्व राष्ट्रिय अध्यक्ष तथा संरक्षक राजकुमार सिन्धी,राष्ट्रिय कोषाध्यक्ष,अरुण के. सिंह,मध्यप्रदेश अध्यक्ष लभ राजा सिंह,डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्र लगाएतका ब्यक्तीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे।

अतिथिहरूको आशीर्वाद, मार्गदर्शन र प्रेरणाले विद्यार्थीहरूको आत्मविश्वासलाई थप उचाइमा पुर्‍याएको थियो। यस कार्यक्रममा विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति र जोशपूर्ण सहभागिताले नेपाल भारतबीचको मैत्री, सहकार्य र भाईचारा अझ प्रगाढ भएको अनुभूति दिलायो।

निर्णायक मण्डलीमा प्रमोद पाण्डे पुस्तक लेखक,ओमप्रकाश श्रेष्ठ संस्थापक निर्देशक, ग्लोबल बिजनेस कलेज,पल्लवी हर्लालका लगाएतकाहरु थिए।

यो भव्य कार्यक्रममा वीरगञ्ज र रक्सौलका ८ विद्यालयका १६ जना विद्यार्थी वक्ताहरुले सहभागिता जनाए। ती युवा प्रतिभावान वक्ताहरुले आफ्ना प्रेरणादायी र सशक्त भाषणमार्फत दर्शक र निर्णायकलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमलाई सफल र भव्य बनाउन उपस्थिति जनाएका सम्पूर्ण विशिष्ट अतिथिहरू, विद्यालयका शिक्षक–विद्यार्थी तथा सहभागी विद्यालयहरूलाई आयोजक संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता २०२५ विद्यार्थीहरूको नेतृत्व, वक्तृत्वकला र आत्मविश्वास विकासमा एउटा ऐतिहासिक मञ्च साबित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM