२०८२ चैत्र ७ गते शनिबार

सहकारी क्षेत्रका समस्या समाधानका लागि प्रदेशस्तरीय समन्वय बैठक सम्पन्न

 

सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरोकारवालाबीच प्रदेशस्तरीय समन्वय बैठक शुक्रबार वीरगंजस्थित मकालु होटलमा सम्पन्न भएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव जयप्रसाद पौडेलले प्रोजेक्टरमार्फत सहकारी क्षेत्रमा देखिएका चुनौती, उपभोक्ताका अधिकार तथा सम्भावित समाधानका उपायहरु प्रस्तुत गर्दै बैठकलाई प्रष्ट पारेका थिए।

बैठक उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य धिरज शर्माको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

मेयर सिंहले आफ्नो मन्तव्यमा सहकारीलाई जनताको आर्थिक मेरुदण्ड भन्दै यस क्षेत्रको विश्वसनीयता जोगाउन सबै सरोकारवालाले साझा पहल गर्नुपर्ने बताउनुभयो। उहाँले भने, “सहकारी बचतकर्ताको पसिनाको कमाइ हो, यसको संरक्षण र पारदर्शिता कायम गर्न सरकार, सञ्चालक र उपभोक्ता सबै मिलेर अघि बढ्न आवश्यक छ।”

कार्यक्रममा नेपाल बार एशोसिएसन वीरगंजका अध्यक्ष रामनारायण कुर्मी, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजका अध्यक्ष सुनिल श्रेष्ठ, पर्सा जिल्ला सहकारी संघका अध्यक्ष हरेन्द्र सिंह, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हरेराम पटेल लगायतको सक्रिय उपस्थिति रहेको थियो।

त्यस्तै, वीरगंजका सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुशिल अग्रवाल, सदस्य सजीव शर्मा र विनोद गुप्ताले पीडित पक्षको पीडा तथा समस्याहरु बैठकमा राखेका थिए।कार्यक्रमको सञ्चालन संचारकर्मी अजित भुजेलले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM