२०८२ चैत्र ७ गते शनिबार

भारतीय भूमि पत्तन प्राधिकरण, रक्सौल र लायन्स क्लब अफ रक्सौलको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

 

रक्सौल शहरको आईसीपी परिसरमा भारतीय भूमि पत्तन प्राधिकरण रक्सौल तथा लायन्स क्लब अफ रक्सौलको संयुक्त तत्वावधानमा एसआरपी मेमोरियल अस्पताल रक्सौलको सौजन्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। निदेशक तथा प्रमुख चिकित्सक डा. सुजीत कुमारको नेतृत्वमा सम्पन्न शिविरमा २५० भन्दा बढी व्यक्तिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।

यस अवसरमा एसआरपी अस्पतालका निर्देशक डा. सुजीत कुमारले भने, “आजको भागदौडपूर्ण जीवनशैलीमा मानिसहरू प्रायः आफ्नै स्वास्थ्यप्रति लापरवाह छन्। उच्च रक्तचाप, मधुमेहजस्ता रोगहरू तीव्र रूपमा बढिरहेका छन्। त्यसैले हामी सबै जागरूक हुनुपर्छ र अरुलाई पनि सचेत बनाउनुपर्छ। यदि समयमै परीक्षण र जीवनशैलीमा परिवर्तन गर्न सके यसलाई नियन्त्रण गर्न सकिन्छ।”

उनले थपे, मधुमेह वा रक्तचाप लागेपछि कार्यक्षमता घट्ने मात्र नभई शरीर गम्भीर रोगको जोखिममा पर्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, व्यायाम र समयमै उपचार नै सबैभन्दा सरल बचावको उपाय हो।

शिविरमा उपस्थित लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल कुमार सर्राफ र कोषाध्यक्ष मोहम्मद निजामुद्दिनले संयुक्त रूपमा बताए, “क्लबले सामाजिक सेवाका साथै स्वास्थ्यप्रति सचेतना जगाउन यस्ता निःशुल्क स्वास्थ्य शिविर निरन्तर आयोजना गर्दै आएको छ।”

स्वास्थ्य परीक्षणका क्रममा धेरै व्यक्तिहरूमा ब्लड सुगर र ब्लड प्रेसरका लक्षण देखिएका थिए। उनीहरूलाई विशेषज्ञ चिकित्सकसँग भेट्न सल्लाह दिइयो तथा आवश्यक निःशुल्क औषधि पनि वितरण गरियो।

यस अवसरमा एसआरपी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले युरिक एसिड, ब्लड सुगर, बीपी आदिको परीक्षण गरेर आवश्यकता अनुसार औषधि वितरण गरेका थिए। कार्यक्रममा डा. सोनाली, डा. मनिता, डा. एस.के. सिंह, डा. एस.के. मिश्र, डा. इजहार, डा. अब्दुल्लाह, डा. प्रीतम लगायत स्वास्थ्यकर्मीहरू उपस्थित रहेका थिए।

सो अवसरमा भूमि पत्तन प्राधिकरण रक्सौलका प्रबन्धक राजीव रञ्जनले चिकित्सकहरूलाई दोसाला ओढाएर र प्रतीकचिन्ह प्रदान गरी सम्मान गरेका थिए। साथै लायन्स क्लबलाई पनि सम्मानित गरिएको थियो।लायन्स क्लब अफ रक्सौलतर्फबाट पनि प्रबन्धक राजीव रञ्जन र डा. सुजीत कुमारलाई अंगवस्त्र र लायन पिन प्रदान गरिएको थियो।

यस कार्यक्रममा लायन्स क्लबका अध्यक्ष विमल सर्राफ, सचिव मोहम्मद निजामुद्दिन, एसआरपी निर्देशक लायन संजय गुप्ता, लायन डा. सुशील कुमार सिंहको उल्लेखनीय भूमिका रहेको थियो।यसबारे जानकारी लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन बिमल सर्राफले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM