२०८२ चैत्र ७ गते शनिबार

वीरगंजमा समाजवादी सौन्दर्यकर्मी संघ केन्द्रीय समिति घोषणा तथा तीज विशेष कार्यक्रम सम्पन्न

 

वीरगंज, पर्सामा समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको समाजवादी सौन्दर्यकर्मी संघ केन्द्रीय समितिको घोषणा तथा तीज विशेष कार्यक्रम भदौ ७ गते, शनिबार सम्पन्न भएको छ। कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले एक समारोहबीच संघको केन्द्रीय समितिको औपचारिक घोषणा गर्दै तीज पर्वका अवसरमा सम्पूर्ण हिन्दू नारीलाई शुभकामना व्यक्त गरेका छन्।

वीरगंजस्थित सरोवर होटल (स्काईलाइन मल) मा आयोजित उक्त कार्यक्रममा समाजवादी सौन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष रेणु कुमारी यादव (रानी यादव) को अध्यक्षतामा नयाँ केन्द्रीय समितिको घोषणा गरिएको हो। कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

खानेपानी मन्त्री प्रदीप यादवले कार्यक्रममा सम्बोधन गर्दै तीज पर्वलाई धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै स्वास्थ्यप्रति सचेत रहँदै मनाउन आह्वान गरे। उनले भने, “भोकै बस्नु मात्र तीज ब्रतको सार होइन, स्वास्थ्यको ख्याल गर्नु पनि अत्यन्त आवश्यक छ। स्वस्थ तनमै सच्चा ब्रत हुन्छ भन्ने भावनालाई आत्मसात् गर्न सबैलाई आग्रह गर्दछु।”

मन्त्री यादवले सौन्दर्यकर्मी संघका पदाधिकारीहरूलाई आगामी दिनमा पेशागत अधिकार संरक्षण, महिला सशक्तीकरण र श्रमिक हकहितका लागि सक्रिय रहन प्रेरित गर्दै तीजको अवसरमा सम्पूर्ण हिन्दू नेपाली नारीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिए।

कार्यक्रममा समाजवादी सौन्दर्यकर्मी संघको नयाँ केन्द्रीय समितिको घोषणा गर्दै पदाधिकारीहरूले संघलाई सशक्त, प्रभावकारी र महिला हितमुखी बनाउन प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरूले तीज पर्वलाई धार्मिक आस्था र सांस्कृतिक संरक्षणसँगै स्वास्थ्य सचेतनासहित मनाउनुपर्नेमा जोड दिए। मन्त्री यादवले पनि “स्वस्थ तनमै सच्चा ब्रत” भन्ने भावनालाई आत्मसात् गर्नुपर्ने बताए।

यस अवसरमा खानेपानी मन्त्री यादवले सम्पूर्ण हिन्दू नारीहरूलाई हरितालिका तीज २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै “शुभ तीज, सुख, शान्ति र समृद्धिको कामना” गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM