वीरगंज महानगरपालिका–२ र–३१ का वासिन्दालाई हराभरा बनाउने उद्देश्यका साथ गुडविल सोसाइटी संस्थाले ३५०० बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आम्बा, आम्ला, सखुवा, सिसो लगायतका बिरुवा निशुल्क रूपमा वितरण गरिएको थियो।
कार्यक्रम गुडविल सोसाइटी संस्थाको अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा सदस्य सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायत संस्थाका सम्पूर्ण पदाधिकारी उपस्थित थिए।
बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साले महत्वपूर्ण सहयोग गरेको थियो। कार्यक्रमले स्थानीय वासिन्दालाई बिरुवा रोप्ने र वातावरण संरक्षणमा सहभागी हुन प्रेरित गरेको छ।
गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमले कार्यक्रमको उद्देश्य हराभरा वातावरण सिर्जना गर्नु रहेको बताए। उनले भने, “हामीले आज वितरण गरेका बिरुवाहरूले केवल वातावरण सुन्दर बनाउने मात्र होइन, भविष्यमा हरियाली र स्वस्थ वातावरणको सुनिश्चितता पनि गर्नेछन्।”
यस अवसरमा उपस्थित स्थानीय वासिन्दाहरूले कार्यक्रमको सराहना गर्दै बिरुवा संरक्षण र हेरचाहमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।
गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि यस्ता पर्यावरणीय कार्यक्रमहरू निरन्तर गर्ने योजना बनाएको जनाएको छ।









