२०८२ चैत्र ७ गते शनिबार

वुवाको मुख हेर्ने दिन गहवा माइ मन्दिरमा प्रसाद वितरण

 

वुवाको मुख हेर्ने दिनको अवसर पारेर शनिबार गहवा माइ मन्दिर परिसरमा आयोजित प्रसाद वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना लायन्स क्लब अफ बिरगंज परिवार र लायन्स क्लब अफ बिरगंज कुटुम्बले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा करिब ३५० जना भक्तजनलाई प्रसाद वितरण गरिएको आयोजकले जनाएका छन्। बिहानैदेखि मन्दिरमा उपस्थित भक्तजनहरूले उत्साहपूर्वक प्रसाद ग्रहण गरेका थिए।

यस अवसरमा लायन्स क्लब अफ बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स क्लब अफ बिरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेल, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ लायन रिकेश साह, एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, एरिया चिफ लायन श्याम गुप्ता, रिजन चेयरपर्सन लायन सन्दिप गुप्ता, रिजन चेयरपर्सन लायन सन्जिता प्याकुरेल लगायत शुधिर साह, सुदेश लाखे, रन्जित छेत्री, शुस्मा थापा, अरचना भारतीसहित क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक र धार्मिक भावनालाई जोड्दै गरिएको यस कार्यक्रममा सहभागी भक्तजनहरूले लायन्स क्लबको गतिविधि सराहनीय रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM