२०८२ चैत्र ७ गते शनिबार

बिरगंज स्कुल अफ ल मा बिए एल.एल.बि विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

 

बिरगंज स्कुल अफ लद्वारा बिए एल.एल.बि प्रथम वर्षमा अध्ययनरत नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नयाँ शैक्षिक सत्रको अवसरमा आयोजित सो कार्यक्रम चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वरिष्ठ अधिवक्ता मनमोहन तिमल्सेनाले विद्यार्थीहरुलाई स्वागत गर्दै कानूनी क्षेत्रमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विधि–शिक्षा अध्ययनले समाजमा न्याय र समतामूलक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता कलेजका सञ्चालक अधिवक्ता चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कलेजकी सञ्चालिका सुशिला कुमारी पटेलले प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा कलेजका प्राध्यापक डा. हरेराम ठाकुर, मुक्त भुसाल, अधिवक्ता राजकुमार भुजेल, प्रमोद कुमार पाण्डे ‘हेरम्ब’ लगायतले आफ्ना विचार व्यक्त गर्दै विद्यार्थीलाई विधि अध्ययनमा गहिरो लगाव र लगनशीलताको आवश्यकता औंल्याएका थिए।

उक्त कार्यक्रममा अतिथिहरूमा डेसिमल कलेजका संयोजक अखिलेश पाण्डे,विजय केशरी,धन बहादुर थापा,शषिभुषण साह, संजिव गुप्ता,ज्ञानकिशोर चौधरी,रितिक यादव,बिनोद यादव एवं कलेजका प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरुले स्वागतको अवसरमा गीत, कविता वाचन, नाचगान लगायत सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

यस किसिमका कार्यक्रमले नयाँ विद्यार्थीलाई उत्साह र प्रेरणा प्रदान गर्नुका साथै आपसी सम्बन्ध मजबुत बनाउन योगदान गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM