२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंज तेक्वान्दो डोजाङ्गका च्याम्पियन ज्याकी यादवले एसियन गेम्ससम्म यात्रा

 

वीरगञ्ज – पर्साका होनहार खेलाडी ज्याकी यादवले आफ्नो अनुशासन, मेहनत र लगनशीलताको बलमा तेक्वान्दोमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। वीरगञ्ज तेक्वान्दो डोजाङ्गका प्रमुख खेलाडी रहेका यादवले २०२३ को एसियन गेम्समा नेपालका तर्फबाट तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै वीरगञ्ज मात्र होइन, सम्पूर्ण राष्ट्रलाई गर्वित बनाउन सफल भएका छन्।

यादव अत्यन्त अनुशासित, मेहनती र दयालु स्वभावका युवा खेलाडी हुन्। उनी निरन्तर अभ्यास, खेलप्रतिको समर्पण र आत्मविश्वासका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए। हालै सम्पन्न राष्ट्रिय टोली छनोट प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जीत हासिल गरेपछि अन्तर्राष्ट्रिय तथा विश्वस्तरीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने बाटो खुलेको हो।

यस उपलब्धि प्रति वीरगञ्ज तेक्वान्दो डोजाङ्ग परिवारले हर्ष व्यक्त गर्दै शुभकामना प्रदान गरेको छ। डोजाङ्गका प्रशिक्षक तथा वरिष्ठ खेलाडीहरूले यादवको सफलता डोजाङ्गकै गौरव भएको बताएका छन्। उनीहरूको भनाइमा, “ज्याकी यादवको यो सफलता मात्र व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण पर्सा, वीरगञ्ज र नेपालकै गर्व हो।”

बिरगञ्ज तेक्वान्दो डोजाङ्ग सुरु देखिनै खेलाडी उत्पादन गर्ने प्रतिष्ठित संस्था हो। यस डोजाङ्गले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीहरू जन्माउँदै आएको छ। आजसम्मका उपलब्धिहरूले यस डोजाङ्गलाई नेपाली तेक्वान्दोको ऐतिहासिक केन्द्रको रूपमा स्थापित गरिसकेको छ।

ज्याकी यादवको अन्तर्राष्ट्रिय यात्रा सुरु हुन लागेको यो क्षणलाई वीरगञ्जवासीले गौरवको साथ स्वागत गरेका छन्। स्थानीय खेलप्रेमी, प्रशिक्षक, साथीहरू र शुभचिन्तकहरूले उनलाई आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।

हाम्रो दृढ विश्वास छ— ज्याकी यादवले एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देश, आमाबुबा, गुरु तथा सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाउन सफल हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM