२०८३ असार १८ गते बिहीबार

वीरगंज महानगरले आफ्नै प्रयोगशालाबाट सुरु गर्यो खानेपानीको परीक्षण

 

वीरगंज महानगरपालिकाले पछिल्ला दिनमा तीव्ररुपमा देखापरेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नै पहलमा पानी परीक्षणको काम सुरु गरेको छ । महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।

महानगरले वडा नं. १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमूना संकलन गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन् । सोमबारबाट महानगरले पानीको नुना संकलन गरि आफैंले परीक्षण गर्न सुरु गरेको हो ।
महानगरले वडा नं. १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ । प्रयोगशालामा हाल इ. कोली (भ्। अयष्)ि परीक्षण सहजै हुने व्यवस्था मिलाइएको छ । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ । माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार इ.कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ ।

मण्डलले भने, “समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ ।”
संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए । उनका अनुसार, महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य वासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो ।

हाल महानगरले अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धाराको पानीमा प्राथमिकता दिँदै परीक्षण कार्य अघि बढाइरहेको छ । तर, आवश्यकता अनुसार अन्य संकास्पद स्थानका नमूनाहरु पनि संकलन गरी परीक्षण गर्ने तयारी रहेको महानगरले जनाएको छ ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM