२०८२ चैत्र ६ गते शुक्रबार

नारायणी रङ्गशाला बचाउ अभियान : सामाजिक अभियन्ता, आरम्भ भेट्रान र स्थानीयको श्रमदान

 

वीरगञ्जको गौरव मानिने नारायणी रङ्गशाला जिर्ण अवस्थामा पुगेपछि यसलाई पुनर्जीवित गर्ने उद्देश्यले “नारायणी रङ्गशाला बचाउ अभियान” सञ्चालन गरिएको छ। राजनीतिक दल र तीन तहका सरकारको वेवास्ता बीच, स्थानीय अभियन्ता, आरम्भ भेट्रान क्लब, खेलाडी तथा सामाजिक अभियन्ताहरूको संयुक्त पहलमा श्रमदान हुँदै आएको छ।

रङ्गशालाको वर्तमान अवस्था
वीरगञ्जको एक मात्र ठूलो रंगशाला नारायणी रङ्गशालामा वर्षौँदेखि कुनै सुधार वा पुनर्निर्माण भएको छैन। सरकार र सम्बन्धित निकायको ध्यान नपुग्दा आज यो ऐतिहासिक रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ। खेलकुदका कार्यक्रम, राष्ट्रिय प्रतियोगिता तथा विभिन्न सांस्कृतिक गतिविधिका लागि एक समय चर्चित बनेको रङ्गशाला अहिले खराव संरचना र बेवास्ताको मारमा छ।

सामाजिक अभियन्ता विशाल कुमारले निरन्तर उठाउँदै आएको यो अभियानमा आरम्भ भेट्रान क्लबका सदस्य, विभिन्न खेलाडी तथा स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए। अभियानको क्रममा रङ्गशालाको वरपर सफाइ, घाँस झार्ने, जीर्ण भाग हटाउने लगायतका श्रमदान गरिएको छ।

विशाल कुमारले भने, “सरकार र निकायहरूले ध्यान नदिएको अवस्थामा हामीले आफैं अघि बढेर नारायणी रङ्गशालाको संरक्षण गर्ने जिम्मा लिनुपरेको छ। स्थानीयको सक्रियता र सामूहिक प्रयासबाट यो अभियानले ठूलो सन्देश दिएको छ।”

यस अभियानपछि अब रङ्गशाला बचाउन सकिन्छ भन्ने नयाँ आशा पलाएको छ। स्थानीयहरूले नियमित रूपमा यस्ता गतिविधि सञ्चालन गर्ने तथा आगामी दिनमा खेल मैदानलाई खेलाडीमैत्री बनाउन निरन्तर दबाब दिने बताएका छन्।

ग्रीन सिटी वीरगञ्ज र सामुदायिक संलग्नता
ग्रीन सिटी वीरगञ्ज, आरम्भ भेट्रान र सामाजिक अभियन्ता विशाल कुमारको नेतृत्वमा गरिएको यस अभियानले शहरको हरितरण र खेलकुद पूर्वाधार जोगाउन स्थानीय स्तरमै पनि ठूला पहल गर्न सकिन्छ भन्ने देखाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM