नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले आज पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ साहेब) तोय नारायण सुबेदी संग भेटघाट एवं जिल्लाको अवस्था बारे छलफल गरेको छ।
टोलीले धर्म निरपेक्षताको आड़मा हिन्दू समाज माथी भई रहेको अन्याय बारे ध्यानआकर्षण गराएको थियो। गौ हत्या, जब जिहाद, धर्म परिवर्तन, साधु संत माथी आक्रमण, मठ मन्दिरको भूमि अतिक्रमण, हिन्दू समाजको कार्यक्रम एवं पर्वमा हुने दंगा फसाद, सीमा क्षेत्रको गतिविधि लगाएंको विषयमा नेजपा टोली जानकारी गराएको थियो।
नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्वमा सीडीओ कार्यकाल गएको टोलीमा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला मंत्री प्रमोद शर्मा, सह-कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्यहरु सुमंत कुमार दीप, मुना साह तेली, पीयूष गुप्ता, महिला मोर्चा पर्सा जिल्ला संयोजक संगीता गुप्ता, सह संयोजक रेखा वर्णवाल सहभागी रहेका थीए।









