२०८२ चैत्र ६ गते शुक्रबार

कल्याण ज्वेलर्स रक्सौल द्वारा मिडियाकर्मीहरु सम्मानित

 

भारतको रक्सौल स्थित कल्याण ज्वेलर्सले सन्चारकर्मिहरु लाई सम्मानित गरेको छ । कल्याण ज्वेलर्सको शो रूममा शुक्रबार एक कार्यक्रमको आयोजना गरि रक्सौल अनुमंडल एवं वीरगन्ज का प्रिंट,डिजिटल एवं सोशल मीडियाका सन्चारकर्मीहरु लाइ गृहोपयोगी सामाग्री प्रदान गरि सम्मानित गरिएको हो ।

कार्यक्रममा शो रूमका प्रोपराइटर अरविंद सर्राफका भाइ संतोष सर्राफले शो रूममै मीडियाकर्मीहरु लाइ स्वागत गर्दै सम्पुर्णलाई गृहोपयोगी सामाग्री भेंट गरि सम्मानित गर्नु भएको लायन्स क्लब रक्सौलका अध्यक्ष एवं मिडिया प्रवक्ता बिमल सराफले बताए ।
सो अवसरमा संतोष सर्राफले कल्याण ज्वेलर्स रक्सौल शो रूम खुलेको एक वर्ष भित्र नै जनताको बिश्वास भरोसामा खरो उत्रेर मन जितनुको साथै लोकतंत्रका चौथो स्तम्भ पत्रकार बन्धुहरुको मन पनि जितेको छ । सम्पुर्ण पत्रकारकर्मीजन कल्याण ज्वेलर्सको आभुषणहरु सय प्रसेन्ट शुद्धता रहेको कुरा जन-जनमा पुर्याउने महत्वपूर्ण भूमिका निभाएका छन जसको लागि आभार जताउन कल्याण ज्वेलर्स परिवार द्वारा उहाहरु लाई सम्मानित गर्न आजको कार्यक्रम आयोजित गरिएको हो र मिडियाकर्मिहरुको सकारात्मक रिपोर्टिंगको कारणले रक्सौलमा मात्र नभै हाम्रो छिमेकी देश नेपालबाट असंख्य संख्यामा बिहेबारी ,पर्व त्योहार ,पूजा अनुष्ठानको लागि आभुषणहरु खरिद गर्न यहाँ आएर सेवाको मौका दिइरहेको बताउदै आगामी दिनमा ग्राहकहरुको मन बिश्वास जितन थप जिम्मेवार बन्दै सेवा गर्दै प्रदेश मै १ नम्बर हुने आशा बिश्वास राखेको र यसमा सबैको साथ सहयोग यसै गरि जारी रहने सम्पुर्ण मिडियाकर्मी लाई हार्दिक आभार ब्यक्त गरेका थिए ।

सो अवसरमा लायंस क्लब रक्सौलका अध्यक्ष एवं मीडिया प्रवक्ता लायन बिमल कुमार सर्राफले भारतको सबैभन्दा ठुलो ,बिश्वासिलो एवं मनपसंद आभूषण ब्रांडहरु मध्ये एक कल्याण ज्वेलर्सले शुद्धता , नवीनतम ,आकर्षक डिजाइनहरुको कारण जनजनको पहिलो पसंद बनेको छ। रक्सौलमा कल्याण ज्वेलर्स को शोरुम खुलेपछी अब रक्सौलवासि हरु ज्वेलरी करिद गर्न ठूलो शहरहरुमा जान नपर्ने भएको बताउदै यो नै कल्याण ज्वेलर्सको सुन चाँदी एवं हीराको आभुषण माथी सबैको बिश्वास भरोसा रहेको प्रमाणित पनि भएको बताए ।

सो अवसरमा मिडियाकर्मिहरु मोहन सिंह प्रभाकर,नवीन सिंह,पप्पू गिरी,जितेंद्र कुमार,मनोज गुप्ता, डी.एन .कुशवाहा ,रजनीश प्रियदर्शी ,जगत राई,अभिलाष गुप्ता,प्रहलाद चौरसिया,अर्जुन चौधरी लगायत रक्सौल नगरका गणमान्य ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM