२०८२ चैत्र ६ गते शुक्रबार

पूर्व–प्राथमिक शिक्षक–शिक्षिकामुखी २ दिने तालिम सम्पन्न

 

प्याब्सन पर्साको आयोजनामा एवं ओ.आई. पब्लिकेसनको सहकार्यमा वीरगञ्जस्थित मकालु होटलमा आयोजित पूर्व–प्राथमिक शिक्षक–शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम सम्पन्न भएको छ। भदौ १३ र १४ गतेसम्म चलेको तालिममा प्याब्सनमा आबद्ध ५३ बिधालय मध्ये ३१ वटा विद्यालयका १६३ जना शिक्षक–शिक्षिकाले सहभागिता जनाएका थिए।

समापन सत्रमा कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए। सो अवसरमा विशिष्ट अतिथिका रूपमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा,वरिष्ठ उपाध्यक्ष सुशिला साह,महानगर अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रबिन चौधरी, सन्नी पाख्रीनलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्रौलाले गरेका थिए। तालिम प्रशिक्षक सुशिला श्रेष्ठ तथा तालिम संयोजक मनिषा सुनुवार श्रेष्ठले तालिमलाई प्रभावकारी बनाएका थिए।

यस तालिमले पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकालाई सिकाइ–सन्देशलाई खेलकुद, सिर्जनात्मकता र नवीन विधि–प्रविधिबाट अझ प्रभावकारी बनाउन मद्दत पुर्‍याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।

“Let all the private and boarding schools be united” भन्ने नारासहित निजी तथा आवासीय विद्यालय संगठन नेपाल (PABSON–PARSA) ले तालिममार्फत बालबालिकाको आधारभूत शिक्षामा गुणस्तरीयता र नवीन प्रयोगलाई अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM