२०८२ चैत्र ६ गते शुक्रबार

बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर महिला उद्धार

 

मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो वारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर एक महिलालाई उद्धार गरेको छ।

प्राप्त जानकारीअनुसार करिब ४० वर्ष उमेरकी उक्त महिला आफ्नो नाम नाएदा खातुन भएको बताए पनि स्थायी ठेगाना प्रष्ट बताउन नसकेको आश्रमले जनाएको छ। उद्धारपछि उनलाई आश्रम वीरगञ्जमा लगेर सरसफाइ, नुहाइ–धुहाइ गरी तत्काल उपचारको तयारी गरिएको छ। डा. भरत गोईको निगरानीमा आवश्यक स्वास्थ्य परीक्षण तथा औषधोपचार गरिने आश्रमले जानकारी दिएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, स्वयंसेवक सरोज विक र दिपेन्द्र चौधरी सक्रिय रहेका थिए। साथै प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले र स्थानीय व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

मानवसेवा आश्रमले बेवारिसे, असहाय, मानसिक रोगी तथा उपचारविहीन अवस्थामा सडकमा बस्दै आएका व्यक्तिहरूलाई उद्धार गरी संरक्षण र उपचार उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM